डा.केसीले माग सहि छन्,सरकारले सम्बोधन गर्नुपर्छ : ओनसरी घर्ती

60

नेकपाका सांसद तथा पूर्व सभामुख ओनसरी घर्तीले कम्युनिस्टको सरकार हुँदैमा छुमन्तर गर्न नसकिने तर साधन स्रोतलाई समान ढंगले विनियोजन भने गर्ने बताएकी छिन्।संघीयता लागु भएपछि देशले गति लिने र यसको लागी केहि समय लाग्ने घर्तीको भनाई छ।माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै घर्तीले उक्त कुरा बताएकी हुन्।

‘सरकारको अहिलेको काम त्यति सन्तोषजनक नभएपनि वर्तमान सरकारप्रति अविश्वास गर्ने र निराश हुनुपर्ने छैन’,घर्तीले बताईन्। घर्तीले अगाडि भनिन् -‘चिकित्सा क्षेत्र सुधारको विभिन्न माग राखेर अनसनरत डा.गोविन्द केसीसँग सरकारले बढि भन्दा बढि वार्ता गर्नुपर्छ र डा.केसी हुन् या अरु नागरिकले उठाएका जायज माग सरकारले पूरा गर्नुपर्छ,यसलाई दुवै पक्षले इगोको रुपमा लिनु हुँदैन।डा.केसीले उठाएका माग सहि छन्।’

Facebook Comments

You might also like